

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्यलगायत विभिन्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ।
उपसमितिमा रहने संयोजक तथा सदस्यहरूको नामावली पछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।