

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच केहीबेरअघि भेटवार्ता सुरु भएको हो।
नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग द्विपक्षीय सम्बन्ध तथा नेपाल–भारत सैन्य सहकार्यलगायत विषयमा छलफल गर्ने बताइएको छ।