‘कुनै प्यानल छैन, मेरो नाममा आएका सूची आधिकारिक होइनन्’ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले १५औँ महाधिवेशनमा आफ्नो कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्। उनले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति...
