

काठमाडौं । नेपाली कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका निर्णयबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी तय भएको हो ।
एक पदाधिकारीका अनुसार बैठकमा सरकारका पछिल्ला निर्णय र कदमबारे समीक्षा गरिनेछ । ‘सरकारका एकपछि अर्को निर्णय र कदम विवादित भइरहेका छन् । त्यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो,’ ती पदाधिकारीले भने, ‘बैठकपछि सरकारलाई यी विषयमा ध्यानाकर्षण गराउँछौँ ।’
बैठकमा पार्टीका आन्तरिक विषयले पनि स्थान पाउनेछन् । नेताहरूको कार्यविभाजन र स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने ती पदाधिकारीले जानकारी दिए ।