‘जनताको करबाट पारिश्रमिक लिन उपयुक्त छैन’ भन्दै लुम्बिनी प्रदेश सांसदको राजीनामा
बुटवल : लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। जनमत पार्टीकी तर्फबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेकी गुरुङले जनताको करबाट पारिश्रमिक लिन आफूलाई उचित नलागेको भन्दै राजीनामा दिएकी हुन्। सभामुखलाई पठाइएको राजीनामा पत्रमा उनले लेखेकी छिन्, "राष्ट्र, देश र जनताभन्दा माथि...
