गाई, गोरु र गोवर्द्धन पूजा गरिदै
काठमाडौं, २२ कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ...
