आज लक्ष्मीपूजा र गाई पूजा गरि मनाइंदै

आज लक्ष्मीपूजा र गाई पूजा गरि मनाइंदै

काठमाडौं, २१ कर्तिक । आज तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरेर मनाइदैछ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी देशभरी नै मनाइदैछ ।

आज गाई पूजा पनि गरिन्छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको बास हुँदैन भन्ने मान्यता अनुरुप आज भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ । पात्रो अनुसार गाई र गोरुपूजा बिहीबार तोकिए पनि कसैकसैले लक्ष्मीपूजाकै दिन लक्ष्मीको प्रतीक मानेर गाईलाई पूजा गर्ने प्रचलन छ । यसै दिन गाईको पुच्छरमा जनैपूर्णिमाका दिन बाँधिएको डोरो बाँधेर बैतरणी नदी पारको मनोकाङ्क्षा पनि राखिन्छ ।

ज्योतिषशास्त्र अनुसार स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर भएर रहन्छिन् भन्ने मान्यता छ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । तिहारको अवसरमा शुभकामना दिदै राष्ट्रपति यादवले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनोस भन्ने कामना गर्नुभएको छ ।