कम्युनिष्ट शासनको सपना साकार हुँदैन : कांग्रेस नेता खाँण
बुटबल, २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । उहाँले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षले प्राप्त संविधानलाई सबैको संविधान बनाउन आवश्यक रहेको...
