काठमाडाैँ, २४ कार्तिक । अासन्न प्रतिनिधि र प्रदेश सभा चुनावकालागि जिल्लाभरकाे निर्वाचन क्षेत्रकाे नक्सा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । कुन जिल्लामा कति निर्वाचन क्षेत्र छन् भन्ने बारे नक्सामा प्रष्ट रूपमा राखिएकाे छ ।
आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ र प्रदेश सभाका लागि ३ सय ३० क्षेत्र निर्धारण गरेको थियो ।
मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।
जिल्लागत रूपमा क्षेत्रकाे नक्सा हेर्न तल क्लिक गर्नुहाेला ।