काठमाडौं उपत्यकामा थप ६७४ जनामा संक्रमण पुष्टि
काठमाडौँ, ५ असोज।सोमबार काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष गरि ५३८ जना, भक्तपुरमा ३० महिला र ४४ पुरुष गरि ७४ जना र ललितपुरमा ३१ महिला र ३१ पुरुष गरि ६२ जना रहेका छन् ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६५२७६ पुगेको छ ।…
