काठमाडौं उपत्यकामा थपिए ६१८ संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६१८  संक्रमित

काठमाडौँ, १ असोज ।बिहीबार काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६४ महिला र ३४३ पुरुष गरि ५०७ , भक्तपुरमा २९ पुरुष र २१ महिला गरि ५० जना र ललितपुरमा ३१ महिला र ३० पुरुष गरि ६१ जना संक्रमित भेटिएको हो ।

त्यस्तै कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनको संख्या ३८३ पुगेको छ । बिहीबार १२४३ जना निको भएका छन् ।