काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

काठमाडौँ, ३० भदौ।मंगलबार उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष गरि ५५५ जना , भक्तपुरमा ३७ महिला र ४९ पुरुष गरि ८६ जना र ललितपुरमा १६ महिला र १९ पुरुष गरि ३५ जना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५६७८८ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।