६ प्रदेशमा वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी प्रणालीसहित अन्य वायुमण्डलीय प्रभाव सक्रिय रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा...
