

काठमाडाैं, १७ साउन । नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो। याे खबर आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको हो।
गृहले स्थानीय प्रशासनसँगै ७७ वटा जिल्लाका प्रहरी कार्यालयलाई उक्त पोशाक लगाउने ब्यक्तिलाई पहिलोपटक संझाउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग गर्दै आएको क्यामोफ्लाइज कपडा प्रयोग गरेको पाइएकाले उनीहरुलाई त्यस्ता पोशाक प्रयोगमा नियन्त्रण गर्न गृहले सबै स्थानीय प्रशासन र प्रहरीलाई समेत निर्देशन दिएको बताइएको छ। याे खबर आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।