

खोटाङ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको खोटाङ जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट राई जिल्ला सभापतिमा चयन भएका हुन्। यसअघि देउवा पक्षले उनलाई १५औँ महाधिवेशन तयारी समितिको जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो।
अधिवेशनबाट उपसभापतिमा खिलाराज राई र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन भएका छन्।
निर्वाचन समितिका अनुसार महासमिति सदस्यमा भुपेन्द्र राई, हिरा गुरुङ, दिनेश राई, पदम निरौला, नवराज राई, सरिता आङ्देम्बे, देवी राई, देवेन्द्र बस्नेत, लोकेन्द्र राई, योगेन्द्र राई, पेशलकुमार राई, राकेश परियार र इन्दिरा दाहाल निर्वाचित भएका छन्।
त्यस्तै, महाधिवेशन प्रतिनिधिमा हिरा गुरुङ, सरिता आङ्देम्बे, देवी राई, शान्तिकला राई, भुपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेशलकुमार राई, बसन्त राई, नवराज राई, दिलीप खत्री, भीमकेशर राई, राकेश परियार, विकास श्रेष्ठ, इन्दिरा दाहाल, पदम निरौला, उदय चाम्लिङ, दुरेन्द्रकुमार राई, मोहन राई, सुमन राई, सुनिता राई, कम्पसेर राई, सन्तोष राई, निर्पध्वज बिक, देवेन्द्र बस्नेत, कृष्णराज आचार्य, प्रतीक्षा राई, योगेश गुरुङ, दीपक बिक, सत्यवती राई, निर्मला राई, हरि थापा र स्मृति राई निर्वाचित भएका छन्।