पदमुक्त आईजीपी दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च जाने

पदमुक्त आईजीपी दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च जाने

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कानुनी चुनौती दिने तयारीमा रहेका कार्कीले बुधबार दिउँसो कानुन व्यवसायीसँग परामर्श गरेका थिए। उनीनिकट एक कानुन व्यवसायीका अनुसार बुधबार समय अभावका कारण रिट दर्ता गर्न नसकिएपछि बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्ने तयारी गरिएको हो।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट पदमुक्त गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयमा कानुनी प्रश्न उठाउँदै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेका हुन्।