कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। शपथ ग्रहणलगत्तै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने भएको छ।