

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
नेपाली सेनाले आइतबार सूचना जारी गर्दै चारवटा हेलिकप्टर र स्थलमार्गबाट खटिएको सुरक्षा टोली परिचालन गरी उनीहरूको उद्धार गरिएको जनाएको हो।
सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी छ।