

धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको आरुघाटस्थित स्याउली बजार बगाएको छ। आइतबार बिहान आएको बाढीले बजारमा क्षति पुर्याएको हो। आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले गाउँपालिकाभित्रका दुईवटा पक्की पुलसमेत बगाएको छ।
बाढीले सोती र आरुघाट बजारका पुल बगाएको अध्यक्ष गुरुङले जानकारी दिए। बाढीका कारण सोती बजारका अधिकांश घरमा समेत क्षति पुगेको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।