नेप्से सामान्य बढ्यो, ३ अर्ब ९३ करोडको शेयर कारोबार

नेप्से सामान्य बढ्यो, ३ अर्ब ९३ करोडको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सामान्य अंकले घटेको बजार यस दिन २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.८१ अंक, फ्लोट इन्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२९ अंकले बढेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३५४ स्टकको १ करोड १२ लाख ३३ हजार कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन्।

त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। लक्ष्मी भ्यालु फण्ड–२ र मेगा म्युचुअल फण्ड–१ को इकाईमूल्य पनि ६ प्रतिशतले बढेको छ। कारोबारमा आएको आरबिबि म्युचुअल फण्ड-२ को इकाईमूल्य भने सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढी र पिपुल्स हाइड्रोपावरको १४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ।