वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार

वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार

काठमाडौं । वि.सं. २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी)द्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखं)’ पुस्तकलाई प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले २०८२ सालमा प्रकाशित पुस्तकहरूमध्ये जोशीको कृतिलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यस वर्ष मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएका थिए। तीमध्ये १० वटा पुस्तक मदन पुरस्कारको श्रेष्ठ सूचीमा छनोट भएका थिए।

यसैगरी, गुठीले छ दशकदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई वि.सं. २०८२ को जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार नेपाली साहित्य तथा सिर्जनशील क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित पुरस्कारका रूपमा चिनिन्छन्।