एसियन गेम्सका लागि दीपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

एसियन गेम्सका लागि दीपेन्द्रको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । जापानमा आयोजना हुने एसियन गेम्स क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

टोलीमा कप्तान ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्।

एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ। नेपालले एसियन गेम्समा क्रिकेटतर्फ बलियो टोलीसहित सहभागिता जनाउँदै पदकका लागि प्रतिस्पर्धा गर्नेछ।