

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्ने भएको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने खरेलले जानकारी दिए। विपद्का समयमा राजनीतिक दलहरूबीच प्रभावकारी समन्वय कायम गर्दै उद्धार, राहत तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक संयन्त्र गठन गर्ने विषयमा शीर्ष नेतृत्वसँग छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ।