हेटौंडाबाट काठमाडौं जाँदै गरेको ईभी दुर्घटना, चार जनाको मृत्यु

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ईभी दुर्घटना, चार जनाको मृत्यु

हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा आठ जना सवार थिए। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने अन्य घाइतेलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। दुर्घटनामा परेको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।