

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान गर्दैछ। भारतबाहेक अन्य देशको भ्रमणमा जान लागेको यो नेपाल ‘ए’ टोलीको पहिलो अवसर हो।
अगस्ट २१ देखि ३० सम्म हुने सिरिजमा नेपाल ‘ए’ को नेतृत्व अनिल कुमार साहले गर्नेछन्।
नेपालले सिरिजमा अगस्ट २१ मा एनटी स्ट्राइक, २२ मा बंगलादेश, २४ मा होबार्ट हुरिकेन्स, २६ मा एसिटी कमेन्ट्स, २७ मा किंग्समेन र २९ मा भिक्टोरियासँग खेल्नेछ।
टी–२० सिरिजपछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, साउथ अस्ट्रेलिया र तास्मानियासँग एकदिवसीय खेलसमेत खेल्नेछ।
अनिल कुमार साह (कप्तान), त्रित राज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल।