भारतीय प्रधानसेनापति सेठ नेपालमा, मानार्थ महारथीको दर्जा

भारतीय प्रधानसेनापति सेठ नेपालमा, मानार्थ महारथीको दर्जा

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।

शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।

नेपाल भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, प्रधानसेनापति सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाल-भारतबीचको द्विपक्षीय सैन्य सहयोगबारे छलफल गर्नेछन्।

जनरल सेठले ३० जुन २०२६ मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए। प्रधानसेनापति बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो। नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।