तिहारलाई स्वस्थ र स्वादिष्ट बनाउन सीजीका स्मार्ट एयर फ्रायर बजारमा

तिहारलाई स्वस्थ र स्वादिष्ट बनाउन सीजीका स्मार्ट एयर फ्रायर बजारमा
काठमाडौं । तिहारलाई स्वादिष्ट र स्वस्थकर बनाउन सीजी इलेक्ट्रोनिक्सले अत्याधुनिक एयर फ्रायरसहित विभिन्न स्मार्ट घरायसी उपकरण बजारमा ल्याएको छ। कम्पनीले आफ्नो स्मार्ट डोमेस्टिक अप्लायन्सेस (एसडीए) श्रेणीअन्तर्गत प्रिमियम सिग्नेचर सिरिज ‘सीजी मेरिडिया’का एयर फ्रायर बजारमा उपलब्ध गराएको हो।

तिहारमा बनाइने सेलरोटी, फिनी, अनरसा लगायतका परिकारमा तेलको प्रयोग बढी हुने भएकाले त्यसलाई कम गर्दै स्वाद र स्वास्थ्यबीच सन्तुलन कायम गर्ने उद्देश्यले एयर फ्रायर ल्याइएको कम्पनीले जनाएको छ। यी उपकरणबाट परिकारको स्वादमा सम्झौता नगरी ९० प्रतिशतसम्म कम तेलमा खाना तयार गर्न सकिने कम्पनीको दाबी छ।

नेपालकै पहिलो एआई एयर फ्रायर

सीजीको मोडल CGMRAF8LAI लाई नेपालकै पहिलो एआई एयर फ्रायरका रूपमा प्रस्तुत गरिएको छ। यसमा जडान गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले परिकारको प्रकृतिअनुसार तापक्रम र पकाउने समय आफैँ निर्धारण गर्छ। यसले खाना पकाउने प्रक्रियालाई सहज र स्मार्ट बनाउने कम्पनीको विश्वास छ।

त्यस्तै, ग्राहकको रोजाइमा रहेको अर्को मोडल CGMRAF7LS पनि बजारमा उपलब्ध छ।

१३ लिटर क्षमताको नयाँ स्मार्ट एयर फ्रायर

ठूला परिवार र चाडपर्वको जमघटलाई लक्षित गर्दै कम्पनीले १३ लिटर क्षमताको नयाँ मोडल CGMRAFO13L पनि बजारमा ल्याएको छ। १८०० वाट पावर क्षमता रहेको यस एयर फ्रायरमा १२ वटा स्मार्ट कुकिङ प्रिसेट मेनु, वाइड एंगल भ्युइङ विन्डो, तेलबिना खाना पकाउने सुविधा, ६० मिनेटको टाइमर तथा डिहाइड्रेटर फङ्सन उपलब्ध छन्।

यसमा एलईडी टच स्क्रिन र अटो सटअफ प्रविधिसमेत जडान गरिएको छ। प्रयोगका क्रममा ढोका खोल्दा उपकरण आफैँ बन्द हुने भएकाले सुरक्षालाई पनि ध्यान दिइएको कम्पनीले जनाएको छ।

एयर फ्रायरसँगै आयल ट्रे, फ्ल्याट ग्रिल र्‍याक, स्यालो नेट ग्रिल र्‍याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुललगायतका एसेसरिज पनि उपलब्ध छन्। यी सुविधाले विभिन्न परिकार रोस्ट, ग्रिल तथा बेक गर्न सहज बनाउने कम्पनीको भनाइ छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सीजी इलेक्ट्रोनिक्सका उत्पादन देशभरका २२ वटा सीजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपमार्फत खरिद गर्न सकिनेछ। त्यस्तै, कम्पनीका आधिकारिक वेबसाइट CG Digital र CG Inspiring Life तथा आधिकारिक बिक्री केन्द्रबाट पनि उत्पादन उपलब्ध हुनेछन्।

कम्पनीले बिक्रीपछिको सेवालाई थप सहज बनाउन ‘CG Cares’ एप सञ्चालनमा ल्याएको छ। देशभर रहेका ४० वटा सेवा केन्द्र र उक्त एपमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ। थप जानकारी तथा सेवाका लागि सीजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ। साथै, प्लेस्टोर तथा एपस्टोरबाट ‘CG Cares’ एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।