म्याक्स टाइगरको ‘दसैँ धमाका’ : चार विजेताले पाए मोटरसाइकल र स्कुटर

म्याक्स टाइगरको ‘दसैँ धमाका’ : चार विजेताले पाए मोटरसाइकल र स्कुटर
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत चार जना भाग्यशाली विजेताले मोटरसाइकल र स्कुटर प्राप्त गरेका छन्। काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत तीन जनालाई मोटरसाइकल र एक जनालाई स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन्। त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा धरानका अनोजकुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन्।

पुरस्कार प्राप्त गरेपछि विजेताहरूले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार जित्न पाउनु अप्रत्याशित र खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्।

कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र आठ जनाले स्कुटर जितिसकेका छन्। अभियानमा अझै आठवटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारस्वरूप एउटा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।

म्याक्स टाइगरले इनर्जी ड्रिङ्कको क्यानको बिर्कोमार्फत आकर्षक पुरस्कार जित्ने अवसर उपलब्ध गराउँदै आएको छ। एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ।