विद्युत् प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग

विद्युत् प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत दसौँ तहदेखि पाँचौँ तहसम्मका स्थायी पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न आवेदन माग गरेको हो।

प्राधिकरणका अनुसार दसौँ तहअन्तर्गत प्राविधिक सेवातर्फ प्रबन्धक एक जना माग गरिएको छ। त्यस्तै, आठौँ तहअन्तर्गत प्रशासन सेवाका सहायक निर्देशक एक जना, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना र प्राविधिक सेवाका सहायक प्रबन्धक तीन जनाका लागि दरखास्त आह्वान गरिएको छ।

यसैगरी सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरलगायतका विभिन्न पदमा पनि कर्मचारी माग गरिएको छ। प्रदेशस्तरमा मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजरलगायतका पदमा समेत कर्मचारी भर्ना गरिने प्राधिकरणले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन्। थप विवरण प्राधिकरणले जारी गरेको आधिकारिक सूचनामा उपलब्ध छ।

हेर्नुहोस् सूचना