चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य, रजाको सर्वाधिक ३७ रन

चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य, रजाको सर्वाधिक ३७ रन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो।

चितवनका कप्तान सिकन्दर रजाले सर्वाधिक ३७ रन बनाए। उनले टोलीको इनिङ्स सम्हाल्ने क्रममा महत्वपूर्ण योगदान दिए। त्यस्तै, रवि बोपाराले ३२, अर्जुन साउदले ३१ र डेविड मलानले २७ रन जोडे।

बलिङतर्फ पोखरा एभेन्जर्सका चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई–दुई विकेट लिए। अब पोखराले जितका लागि निर्धारित २० ओभरमा १५२ रन बनाउनुपर्नेछ।