

दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छ। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र खुसीको सन्देश प्रवाह गर्दै आएका छन्। सीजी इलेक्ट्रिकले उपभोक्ताको दैनिक जीवनलाई सहज र सुविधाजनक बनाउने उद्देश्यले विभिन्न गुणस्तरीय एलईडी लाइटिङ तथा विद्युतीय उत्पादन उपलब्ध गराउँदै आएको छ।
कम्पनीका अनुसार सीजी एलईडी उत्पादनमा वाइड भोल्टेज रेन्ज, लामो सेवा अवधि, वाइड बिम एंगल तथा ऊर्जा बचतजस्ता विशेषता रहेका छन्। घर, कार्यालय, अस्पताल, राजमार्ग, पसल तथा होटललगायत विभिन्न स्थानमा प्रयोग गर्न सकिने यी उत्पादनले प्रभावकारी प्रकाशसँगै ऊर्जा बचतमा योगदान पुर्याउने कम्पनीको विश्वास छ।
तिहारमा घर सजाउने, दियो तथा बत्ती बाल्ने र आफन्तसँग खुसी साटासाट गर्ने परम्परालाई थप उल्लासमय बनाउन सीजी एलईडीका प्रकाश समाधान उपयोगी हुने कम्पनीले जनाएको छ। लक्ष्मीपूजाका दिन घरलाई झिलिमिली बनाउनदेखि तिहारका हरेक रमाइला पललाई उज्यालो बनाउन आफ्ना उत्पादन उपयुक्त विकल्प बन्ने कम्पनीको दाबी छ।
त्यस्तै, सीजी एलईडीका उत्पादनमा २४ महिनाको वारेन्टी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। पर्वको अवसरमा कम्पनीले हरेक नेपालीको घर तथा जीवनमा खुसी, उमङ्ग, सकारात्मकता र समृद्धिको उज्यालो छाओस् भन्ने कामना गरेको छ।