

यस दिन सेन्सेटिभ इण्डेक्स १.१८ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा शुक्रबार ३ अर्ब ४६ करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन ३३६ वटा स्टकको ३३ हजार २१५ पटकको कारोबारमा १ करोड ७ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको हो। कारोबारमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक १४.०८ प्रतिशत बढेको छ। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य पनि साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता, घोराही सिमेन्ट इण्डष्ट्रीको सेयरमूल्य सर्वाधिक ४.४३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ। कम्पनीको २१ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको १२ करोड ५० लाख रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने एउटाको घटेको छ। अन्य उपसमूहबाहेक सबै उपसमूहमा सामान्य वृद्धि देखिएको छ। अन्य उपसमूहको परिसूचक भने ०.८८ प्रतिशतले घटेको छ।