बागलुङमा लक्जरी होटल ‘इला कम्फर्ट’ सञ्चालनमा
बागलुङ । प्रतिष्ठित व्यावसायिक समूह आईएमई ग्रुपको लगानीमा बागलुङ बजारमा लक्जरी होटल 'इला कम्फर्ट' सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र र बागलुङका पर्यटकीय स्थलहरू भ्रमण गर्ने पर्यटकका लागि यो होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जनाएको छ...
