पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार २०२५ को अप्रिल महिनामा नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकको संख्या १ लाख १६ हजार ४९० पुगेको छ, जुन नेपालकै पर्यटन इतिहासमा अप्रिल महिनाको सन्दर्भमा अहिलेसम्मकै उच्च हो।

कोभिड महामारीपछि अप्रिल महिनामा आएको यो संख्यामा १०६.५ प्रतिशतको वृद्धि भएको बोर्डले जनाएको छ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो वृद्धि नेपालको स्थायी पर्यटकीय आकर्षण र पुनरुत्थानको संकेत भएको बताए।

सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्, जसको संख्या २५,९३३ रहेको छ। त्यसपछि अमेरिका (१०,०५३), चीन (९,०३७), बेलायत (६,७३८) र बंगलादेश (५,३९८) प्रमुख स्रोत मुलुक बनेका छन्।

चालु वर्षको जनवरीदेखि अप्रिलसम्मको अवधिमा जम्मा ४ लाख १५ हजार ४८ विदेशी पर्यटक नेपाल आएका छन्।