देशभर मनाइँदै २५७०औँ बुद्ध जयन्ती, लुम्बिनीमा विशेष कार्यक्रम
रुपन्देही । २५७०औँ बुद्ध जयन्ती आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एउटै दिन परेकाले यस दिनलाई ‘त्रिसंयोग दिवस’का रूपमा विशेष महत्त्वका साथ मनाइन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले समान श्रद्धाका...
