काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा, अझै बढ्ने सम्भावना
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ‘कोसीका एक-दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी...
