साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा-नौबिसे सुरुङमार्ग, शुल्कसमेत निर्धारण
काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुंगा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका...
