सडक अवरुद्ध भएपछि भरतपुर-काठमाडौं हवाई उडान बढ्यो
भरतपुर । पृथ्वी राजमार्गको कृष्णभीरलगायतका स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडानमा यात्रुको चाप बढेको छ। यात्रुको संख्या बढेसँगै भरतपुरबाट काठमाडौं हुने बुद्ध एयरका उडान दोब्बरभन्दा बढी पुर्याइएको छ। बुद्ध एयरको भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुर–काठमाडौं रुटमा...
