राज्य व्यवस्था समिति सभापति निर्वाचन भदौ ११ गते

राज्य व्यवस्था समिति सभापति निर्वाचन भदौ ११ गते

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका लागि निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ।

सभामुख देवराज घिमिरेको निर्देशनअनुसार संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सोमबार सूचना जारी गर्दै सो दिन निर्वाचन हुने जानकारी दिएका हुन्।