नेपाल–भियतनाम सम्बन्ध सुदृढ बनाउन प्रधानमन्त्री ओली र उपराष्ट्रपति सुआनबीच भेटवार्ता

नेपाल–भियतनाम सम्बन्ध सुदृढ बनाउन प्रधानमन्त्री ओली र उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भियतनामबीचको समस्यारहित सम्बन्धलाई अझ मजबुत बनाउन अनुभव आदान–प्रदान गर्दै विभिन्न क्षेत्रीय तथा कूटनीतिक सहकार्यबारे विचारविमर्श गरिएको थियो ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार भेटमा सरकार–सरकार, व्यवसाय–व्यवसाय, जनता–जनता, कूटनीतिक तथा सांस्कृतिक क्षेत्रमा सम्बन्ध विस्तार र मजबुतीकरणबारे विशेष जोड दिइएको छ ।

नेपाल–भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उपराष्ट्रपति सुआन शनिबार नेपाल आएका हुन् ।