रौतहटमा सुटकेशभित्र फेला परेको शव रुबी देवी साहको रहेको पुष्टी

रौतहटमा सुटकेशभित्र फेला परेको शव रुबी देवी साहको रहेको पुष्टी

रौतहट । रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ ।

शनिबार राति करिब ८ बजे सडकको पश्चिम किनारमा छाडिएको सुटकेश स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । डोरीले बेरिएको अवस्थामा फेला परेको उक्त सुटकेश खोल्दा भित्र महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार मृतक करिब ३५ वर्षकी विवाहित महिला हुन् । गुलाबी रंगको कुर्ता–सुरुवाल लगाएकी ती महिलाको टाउकोमा गहिरो चोट भेटिएको छ, जसबाट हत्या गरी शव फालिएको आशंका गरिएको छ ।

सुटकेशभित्रै केही कागजात तथा महिलाको सुरुवालको खल्तीमा नगद रकमसमेत भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

रौतहटमा यसअघि कहिल्यै नभएको खालको घटनाले स्थानीय चकित बनेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको नायब प्रहरी उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।