पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु गणतन्त्रका लागि खतरा : पोखरेल

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु गणतन्त्रका लागि खतरा : पोखरेल

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन खोज्नु गणतन्त्रका लागि गम्भीर खतरा भएको बताएका छन्।

प्रेस चौतारी, दाङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्कनु संविधान र गणतन्त्रप्रति अविश्वास पैदा गर्ने कार्य भएको टिप्पणी गरे।

उनले भने, “पूर्वराष्ट्रपति संविधानको संरक्षक हुन्। सेनाको सर्वोच्च पदमा पुगेको व्यक्तिले सक्रिय राजनीतिमा फर्कनु गणतन्त्रकै आधारमाथि प्रश्न उठाउने गल्ती हो, त्यो कुनै पनि पार्टीले गर्नु हुँदैन।”

माओवादी केन्द्रले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएको निर्णयलाई गल्तीका रूपमा चित्रण गर्दै पोखरेलले थपे, “माओवादीलाई लोकतन्त्र बुझाउन एमाले र कांग्रेसले भूमिका निर्वाह गर्नुपर्छ।”