नेपाल प्रिमियर लिग दोस्रो संस्करणको मिति घोषणा, १७ नोभेम्बरदेखि सुरु

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको मिति घोषणा, १७ नोभेम्बरदेखि सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ (मंसिर १ देखि २८) सम्म आयोजना हुने जानकारी दिएको हो।

यसअघि नै प्रतियोगिताका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको क्यानले जनाएको छ। प्रतियोगिताको विस्तृत तालिका भने केही समयपछि सार्वजनिक गरिनेछ।