

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि राखिएका रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
बुधबार अपराह्न ललितपुरस्थित नख्खु कारागार पुगेर भेट गरेका दाहालले सञ्चारकर्मीलाई भने, “रवि लामिछाने दुब्लिएको देखेँ।”
पूर्वप्रधानमन्त्री दाहालले अदालतले तोकेको धरौटी बुझाए तापनि लामिछानेलाई थुनामा राखेर राजनीतिक प्रतिशोध भएको दाबी गरे। उनले एमाले र कांग्रेसले आफ्नो पार्टीलाई फाइदा पुर्याउन यही रवैयाले अपनाएको भन्ने रविको बुझाइ रहेको पनि बताए।
साथै, दाहालले उपसभामुख इन्दीरा रानालाई हटाउन खोज्नु गलत भएको बताएका छन्। लामिछाने सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रूपन्देही कारागारमा राखिएका थिए र शनिबार नख्खु कारागारमा ल्याइएको थियो।