

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै दोस्रो जितको स्वाद चाखेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर, बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मेलबर्नलाई १०६ रनमै समेट्न सफल भए।
नेपालको जितमा फास्ट बलर सोमपाल कामीले घातक बलिङ गर्दै ५ विकेट लिँदै निर्णायक योगदान दिए।