

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ दिने कार्यसूची तय भएको छ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
साथै, ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुने कार्यक्रम छ।