चैत १५ मा मारिने सूचना अघिल्लो दिन पाएँ : दुर्गा प्रसाईं

चैत १५ मा मारिने सूचना अघिल्लो दिन पाएँ : दुर्गा प्रसाईं

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुनेमा वितन्डा मच्चाएका दुर्गा प्रसाईंले त्यस दिन आफूलाई मार्ने सूचना अघिल्लो दिन नै प्राप्त गरेको दाबी गरेका छन्। उनी लामो समय थुनामा रहेर बाहिरिएका थिए। बाहिरिएको १५ दिनमै सोमबारको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका छन्।

प्रसाईंले भने, “अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्।” उनले राज्यसत्ता आफूहरुसँग डराएको हुनाले यस्तो गरिएको भने।

त्यसपछि उनले मार्ने योजना भएको सूचना पाएपछि प्रहरीकहाँ सुरक्षाका लागि पुगेको पनि बताए।