प्रधानमन्त्री ओलीलाई भारतीय विदेश सचिव मिस्रीद्वारा भारत भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण

प्रधानमन्त्री ओलीलाई भारतीय विदेश सचिव मिस्रीद्वारा भारत भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा भएको शिष्टाचार भेटका क्रममा मोदीको तर्फबाट पठाइएको निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको औपचारिक भ्रमणमा जाने गरी दुवै देशबीच अनौपचारिक तयारी भइरहेको छ।

यद्यपि, नेपाल र भारत दुवै देशको परराष्ट्र मन्त्रालयले भने यसबारे आधिकारिक घोषणा अझै गरेका छैनन्।

नेपाल आउनुभएका विदेश सचिव मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन्।