

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आइपुगेका छन् । उनको यो भ्रमण परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भएको हो ।
मिश्रीले सुरुमा आफ्ना समकक्षी राईसँग भेटवार्ता गर्नेछन् भने आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूसँग भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र बुझाउनेछन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारीमा छन् ।
मिश्रीको यस भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न पक्षबारे दुई देशका परराष्ट्र सचिवबीच विस्तृत छलफल हुने जनाइएको छ ।