टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै

टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल बङ्गलादेश ‘ए’ विरुद्ध खेल्दैछ। खेल डार्बिनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। उता, बङ्गलादेश ‘ए’ पनि आफ्नो पहिलो खेलमा पाकिस्तान साहिन्ससँग ७९ रनले हारेर दबाबमा छ।

यस शृङ्खलामा नेपालको यो पहिलो सहभागिता हो। प्रतियोगितामा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्। नेपालले आगामी खेलहरूमा भदौ २ गते मेलबर्न स्टार्स, भदौ ३ गते होबर्ट हुरिकेन्स, भदौ ४ गते मेलबर्न रेनेगेड्स र भदौ ६ गते पाकिस्तान साहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

टप एन्ड टी–२० पछि नेपालले अस्ट्रेलियामै अभ्यास खेल खेल्ने कार्यक्रम छ। आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाली टोलीले यो श्रृंखला र अभ्यास खेलमा सहभागिता जनाएको हो।